काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार दिउँसोदेखि बन्दसत्र सुरु भएको छ । बन्दसत्र सुरु गर्ने क्रममा हलमा महासचिव शङ्कर पोखरेलले अनुशासनको नियम सुनाएका छन् ।

उनले आचार संहिताका नियम सुनाउँदै बैठकमा अध्यक्षमण्डलका एक्ला अध्यक्ष एवम् सञ्चालक अध्यक्ष केपी शर्मा ओलीको अनुमतिबिना बोल्न नपाइने पोखरेलले बताएका छन् ।
ओलीले अध्यक्षमण्डल नै घोषणा नगरी आफैँ बन्दसत्र कार्यक्रम चलाएका छन् । ओलीले अनुमति दिएका बेला मात्रै बोल्न पाइने भएपछि बन्दसत्र हलमा विवाद पनि भएको छ।











