Logo
Logo

पार्टीमा विचार र नेतृत्वभन्दा पनि कार्यशैलीमा समस्या छ : ईश्वर पोखरेल


567
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्दै देश र पार्टी भूराजनीतिक बोझले ग्रस्त भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको अनुमतिमा बोल्न उभिएका पोखरेलले ओलीलाई पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी आफ्नै विगतका प्रस्ताव र प्रयासहरू स्मरण गराए । उनले ओलीकै प्रस्तावमा आफू उभिएको र त्यसको प्रशंसक रहेको उल्लेख गर्दै ओलीले ठाउँ छाडेर आफ्नो अवधारणा कार्यान्वयन गर्न सक्ने संकेत गरे ।

बन्दसत्रमा बोल्ने क्रममा पोखरेलले विगतमा माओवादीसँगको एकीकरण प्रक्रिया सही नभएकै कारण पार्टी भङ्ग भएको बताए । साथै, नेकपा (एमाले)को स्थापनादेखि हालसम्मका महाधिवेशनहरू आयोजना गर्ने संयोग आफूलाई बारम्बार मिलेको पनि उनले सुनाए । 

पोखरेलले पार्टीमा अहिले विचार र नेतृत्वभन्दा पनि कार्यशैलीको मुख्य समस्या रहेको बताए । यो स्थिति कायम रहेमा पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त बन्न सक्ने चिन्ता सबैमा रहेको उनको भनाइ थियो । पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको प्रणालीमा सञ्चालन गर्नुपर्ने आफ्नो स्थायी मान्यता रहेको पनि उनले स्पष्ट पारे  । 

प्रतिक्रिया दिनुहोस्