काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने स्पष्ट गरेका छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री सिन्हाले आफू मातहतका निकायहरूको नेतृत्व चयन प्रक्रिया सम्बन्धित संस्थाको हितलाई केन्द्रमा राखेर गरिने बताए ।
कसैको दबाब वा स्वार्थका आधारमा नियुक्ति नहुने उल्लेख गर्दै उनले पारदर्शिता र योग्यता नै प्राथमिक मापदण्ड हुने स्पष्ट पारे ।
मन्त्री सिन्हाले सञ्चारमाध्यमबाट प्राप्त सूचनाहरूलाई आफ्नो कार्यसम्पादनमा महत्त्वपूर्ण आधारका रूपमा लिइने र त्यस्ता सूचनाले नीति तथा निर्णय प्रक्रियामा सहयोग पुर्याउने समेत बताए ।











