काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उठाएका प्रश्नको जवाफ दिँदै आफूमाथि पार्टीभित्रैबाट नेतृत्व छोड्न दबाब आएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले पोखरेलको आफ्नो निरन्तरताले पार्टी ध्वस्त हुने दाबीसँग असहमति जनाउँदै भने, ‘मैले पार्टी, देश र जनताको शिर निहुरिने काम कहिल्यै गरेको छैन ।’ओलीले भने, ‘दुनिया र विरोधीहरूले लखेटेर गालीगलौज र सत्तोसराप गरेका बेला पार्टीभित्रका प्रिय कमरेडहरूले झन् माया र साथ दिनुपर्ने होइन र ? तर डोकोमा हालेर फाल्ने कुरा कसरी हुन्छ ?’आफू अझै १८ घण्टा खटेर काम गर्न सक्षम रहेको दाबी गर्दै ओलीले सबै मिलेर सर्वसम्मत नेतृत्व चयन गर्न प्रस्ताव राखेका छन् ।
उनले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने पनि स्पष्ट पारे । अन्तमा ओलीले भने, ‘कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने पछि साथीहरूले ईश्वर कमरेडलाई भन्न सक्छन्- डोको फिर्ता लैजानुस्, तपाईँलाई पनि फाल्नुपर्छ । यदि मेरो तर्फबाट कुनै गल्ती भएको छ भने माफी चाहन्छु ।’











