काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले नवयुवा आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको बताइन्।
समावेशी विकास र समन्यायको आकाङ्क्षा नवयुवाहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै उनले त्यही अनुसार अघि बढ्न सके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने उल्लेख गरीन् ।
प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित हुने गरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराइन् ।











