Logo
Logo

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता


1k
Shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हलवलदार अमृत गुरुङको परिवारसँग भेट गरेका छन् ।

The current image has no alternative text. The file name is: gurung.jpg

गृहमन्त्री अर्यालले आज कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेनजी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गरेको उनको सचिवालयले जनाएको छ । भेटमा उनले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपुक्त प्रबन्धसमेत गर्ने आश्वासन दिए ।

राज्यले गुरुङको परिवारलाई सबै तरिकाको भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले परिवाजनप्रति संवेदना प्रकट गरे । भेटका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्