Logo
Logo

काठमाडौंको खतरनाक ठग समूह, ठगेरै दुई रोपनी जग्गा खरिद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज
सिन्धुपाल्चोकका धनजीत तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंंले २०६० सालमा डलर ठगी आरोपमा पक्राउ गरेको थियो । सस्तोमा डलर साट्ने वहानामा ठगी गरेका उनी एक वर्ष जेल बसेर छुटे ।

जेलबाट छुटेपछि उनी सुध्रिएको प्रहरी आँकलन थियो । तर, ठूलो गिरोह नै बनाएर उनले यो बीचमा ठगी गर्दै आएको खुलेको छ । भक्तपुरमा गत सात पक्राउ परेका उनले २५ भन्दा धेरै व्यक्तिहरुलाई ठगी गरीसकेको खुलेको छ । ११ जना सहयोगीसहित भक्तपुर प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।

बाह्रबिसे नगरपालिका ६ स्थायी घर भई मध्यपुर ठिमी–९ बस्ने ५७ वर्षिय तामाङ आफु मात्र होइन परिवारलाई समेत यस्तो धन्दामा लगाएका थिए । २५ वर्षिय छोरा रामकृष्ण तामाङ र ३२ वर्षिया भाई बुहारी कान्छी तामाङलाई समेत प्रहरीले उनीसँगै पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार साउनयता मात्र उनीहरुले सस्तोमा डलर साटिदिने भनेर पाँच जनालाई ठगी गरेका थिए । ‘धेरै वर्षदेखि उनीहरुले संगठित रुपमा ठगी गर्दै आएको देखियो,’ एसपी थापा भन्छिन्,‘उनीहरुबाट पीडितहरु थपिने क्रम जारी छ ।’

गिरोहमा २० भन्दा धेरै
हाल १२ जना पक्राउ परेपनि सो गिरोहमा २० जना भन्दा धेरै देखिएको प्रहरीले जनाएको छ । धनजीतको परिवारबाहेक प्रहरीले बाह्रबिसेकै खेल बहादुर तामाङ, रेल बहादुर तामाङ, विमल भण्डारी, निर्मल भण्डारी,राज कुमार तामाङ, धन बहादुर भण्डारी, कमल भण्डारी, राकेश भण्डारी, सन्च बहादुर योञ्जन छन् । उनीहरु सै एउटै गाउँका हुन् ।
उनीहरुमध्ये खेल बहादुर र रेल बहादुर दाजुभाई हुन् । त्यस्तै विमल र निर्मल पनि दाजुभाई भएको भक्तपुर परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए । उनीहरुले हालसम्म एक करोड १५ लाख १० हजार ठगी गरेको उजुरी परिसकेको छ । उनीहरुको पाँच वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । ठगीबाटै उनीहरुले लाखौंको सम्पत्ति आर्जन गरेको देखिएकाले त्यसको पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ । खेलबहादुरले जहरसिंहपौवामा साढे दुई रोपनी जग्गा खरिद गरेको खुलेको छ । खेलबहादुर यसअघि २०६४ सालमा पनि यस्तै अपराधमा पक्राउ परी छुटेका हुन् । पक्राउ परेकामध्ये धेरैले श्रीमतीको नाममा सम्पत्ति जोडेको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

महिनौंको योजना बनाएर ठगी
घर जग्गाको कारोबार गर्ने रमेश रसाईलीले गत वर्ष घर बनाएका थिए । उनको घर बनाउन सोही गिरोहका आबद्ध ज्यामीका रुपमा खटिएका थिए । रसाइलीसँग पैसा रहेको ठानेपछि उनलाई ‘जालमा पार्ने’ योजना उनीहरुले बनाए ।
रसाइलीको बारेमा थप बुझ्न उनको घरमा रहेको होटलमा नियमित रुपमा जाने र थप बुझ्ने काम गरे । पछि परिचय लुकाई फोन गरेर आफुहरुसँग १० हजार डलर रहेको र सस्तोमा साटिदिने भन्दै विश्वासमा पारे । आफुहरुले सो डलर भेट्टाएकाले बजारमा साट्न नमिलेको भन्दै केही सस्तोमा दिने प्रस्ताव गरेर प्रलोभनमा फसाएका थिए । सुरुमा हजार डलरको १० लाख मागे । पछि बार्गेनिङ गर्दै ५ लाख रुपैयाँमा दिने सहमति भयो । सोही अनुसार रसाइली ५ लाख बोकेर गत १३ असोजमा कमलविनायक गए । पाँच लाख लिएपछि उनीहरुले डलरको पोको भन्दै रुमालले बलियोसँग बाधिएको पोको दिएरु मोटरसाइकलमा आफ्नो बाटो लागो ।

यता रसाइली ‘डलर’को पोको खोल्न थाले । पोको यती बलियोसँग बाधिएको थियो कि उनलाई खोल्नै केही समय लाग्ने । खोल्दाखेरी डलर नभएर डलर आकारको कागजको बिटो मात्र थियो । आफु ठगीएको थाहा पाएपछि आफुलाई पहिला फोन गर्ने नम्बरमा फोन गरे, जून स्वीच अफ भइसकेको थियो । उनलाई ठग्नका लागि उनीहरूले महिनौंको योजना बनाएको प्रहरी निरीक्षक बुढाथोकी बताउँछन् । रसाईलीलाई ठगी गरेको केही दिनपछि मोबाइल पसले कमल खड्काको चार लाख रुपैयाँ ठगी भएको थियो । जबकी गिरोहका केही सदस्य ९ गते नै पक्राउ परिसकेका थिए ।

त्यसरी फोन गर्न प्रयोग गरिएको मोबाइल र सिम कार्ड फाल्ने भएकाले प्रहरीलाई अनुसन्धानमा समेत समस्या हुने गरेको थियो । पटक पटक प्रहरीलाई झुक्याएपनि यसपटक गिरोह नै प्रहरी जालमा परेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार यसरी सस्तोमा डलर साट्ने भनेर ठगी गर्ने दर्जनौं गिरोह उपत्यकामा सक्रिय छन् । जसले नाटकीय शैलीमा विश्वासमा पारी डलर भनेर कागजको बिटो दिएर ठगी गर्दछन् । गत साता मात्र काभ्रेमा यस्तो एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । कालिमाटी वृत्तमा पनि एक जना यस्तै ठगीमा संलग्न थुनामा छन् ।

आफुलाई विदेशीले सहयोग गरेको, भेट्टाएको जस्तो नाटक गरी विश्वासमा पारेर उनीहरुले यसरी ठगी गर्दै आएको प्रहरीले जनाएको छ । कतिपयले विश्वासमा पार्न सुरुमा केही सक्कली डलर समेत साटेर ठगी गर्दै आएका छन् । प्रहरीले थाहा पाउन सक्ने भन्दै एकान्तमा साट्न बोलाउने र पैसा लुटेर भाग्ने घटना समेत भएका छन् ।

 

उनीहरुको महिनौं योजना बनाएर ठगी गर्दथे । उनीहरुमध्ये कोही ज्यामी काम ग

 

 

 

२०६० सालमा

 

प्रतिक्रिया दिनुहोस्