Logo
Logo

लम्बिने भयो एमालेको एघारौं महाधिवेशन


1.4k
Shares

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो । तर, महाधिवेशनको अवधि लम्बिने भएको हो ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएसँगै महाधिवेशन लम्बिने भएको हो । 

एमाले नेताहरूले भने पार्टी नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको बताएका छन् । पार्टीको आगामी अध्यक्षका लागी केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट भृकुटिमण्डपमा बन्दसत्र सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्