Logo
Logo

अष्ट्रेलियामा गोली प्रकरण : १० जनाको मृत्यु, १२ जना घाइते


0
Shares

काठमाडौं । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीले यहूदीहरुको समूहमाथि गोली चलाएका छन् ।

यस घटनामा कम्तिमा १० जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर १२ जना घाइते भएको र उनीहरूलाई आस्पताल पुर्याएको न्यूसाउथ वेल्स प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो उत्तरी बोन्डी समुद्र तटमा साता लामो उत्सव मनाउने तयारीमा रहेका यहुदीहरूमाथि गोली चलाइएको थियो ।

दुई जना कालो पोशाक लगाएका दुई युवाहरूले अन्धाधुन्ध गोली चलाएका थिए ।  प्रहरीले दुवै जनालाई पक्राउ गरिसकेको र एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्