
काठमाडौं । नेकपा एमालेले माइन्युट कमिटी गठन गरेको छ । ११औं राष्ट्रिय महाधिवेशनका निर्णय र छलफललाई औपचारिक रूपमा अभिलेखीकरण गर्न एमालेले पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन गरिएको हो ।
समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य छन् ।
महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षलाई व्यवस्थित रुपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।














