
काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । ११औं महाधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ । उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ ।
एक नेताका अनुसार सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको छ ।
ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ । यद्यपी छलफल चलिरहेकाले उम्मेदवारी दर्ताको समयसम्म केहि परिवर्तन हुन सक्ने ती नेताले बताए ।
आगामी नेतृत्वका लागि शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा चलिरहेको छ । यो महाधिवेशनले ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ ।











