
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
मतदान भने भोलि हुनेछ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।
ओली समूहबाट पदाधिकारी बन्ने टोलीको टुंगो लागेको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षमा विष्णु पौडेल, गुरु बराल, पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवालीले उम्मेदवारी दिने भएका छन् ।
उपमहासचिवमा रघुविर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकाल सेट भएका छन् । यस्तै सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भएका छन् ।











