Logo
Logo

लेखराज भट्टले सचिवमा उम्मेदवारी नदिने


2.1k
Shares

काठमाडौं । तेस्रोपटक अध्यक्ष दाबेदार केपी शर्मा ओली समूहबाट सचिवमा नाम फाइनल गरिएका लेखराज भट्ट उम्मेदवार नबन्ने भएका छन् ।

नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ओलीले पदाधिकारीको नाम टुंगो लगाएका थिए । तर, सचिवमा नाम टुंगो लागेका भट्टले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

सचिवमा नौ जना निर्वाचित हुन्छन् । ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन् । भट्टले उम्मेदवार नबन्ने घोषणा गरेपछि उनको ठाउँमा अर्को उम्मेदवार उठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्