
काठमाडौं । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
११औं महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनुअघि केपी ओली र ईश्वर पोखरेलले पदाधिकारीमा आफ्नो उम्मेदवार टुंगो लगाएका हुन् ।
जसमा अध्यक्षमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । ओली पक्षले महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने निर्णय गरेको छ भने पोखरेल समूहले सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शंकर १०औं महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए भने पाण्डे उपाध्यक्ष निर्वाचित भएका थिए ।











