Logo
Logo

जनआस्थाका सम्पादक श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’


630
Shares

काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार यो बर्षदेखि प्रत्येक फेब्रुअरी १३ अर्थात् दिवंगत वरिष्ठ पत्रकार देवेन्द्र गौतमको जन्मजयन्तीका अवसरमा प्रदान गरिने भएको छ ।

करेण्ट मिडिया एण्ड रिसर्च सेन्टर अध्यक्ष तथा स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदिपा गौतमको पहलमा स्मृति दिवसका दिन पुरस्कार दिइने परम्परालाई जन्मदिवसमा परिवर्तन गरिएको हो ।

यसपटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने भएको छ ।

निडरता र खोज पत्रकारिताका लागि चिनिने श्रेष्ठको निरन्तर योगदानले नेपाली पत्रकारितालाई मजबुत बनाएको गौतम परिवारको ठहर छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यस्तै, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका प्राविधिक हरिबहादुर थापा मगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने भएको छ । संस्थागत स्थायित्व, निष्ठा र दीर्घ सेवाको योगदानबापत दिइने यो पुरस्कारको राशि रु.पचास हजार रहेको छ ।

यस्तै, चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पुर्याएको योगदानवापत कदर गर्न लागिएको छ ।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व,सम्पादक÷प्रकाशक समाज तथा नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्