काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेको आगामी नेतृत्वका लागि निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदै छ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दै छन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।











