काठमाडौं । नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अगामी अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

महासचिव पदका लागि वर्तमान महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदै छ । पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इतर पक्षका ।
दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा छ । ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा हुँदा पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर मैदानमा उत्रिएका हुन् ।
हिजोबाट सुरु भएको एमाले महाधिवेशनमा अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।











