Logo
Logo

ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवारी दिने


2.3k
Shares

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

The current image has no alternative text. The file name is: suhang-nembhang-nemwang.jpg

सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।

गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।

सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम-२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्