काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं उपमहारनगर पालिकाकी उपमेयर सुनिता डंगोल केपी शर्मा ओलीको प्यानलमा अटाउँदा इलामका युवा नेता सुहाङ नेम्वाङ भने अटाएनन् ।

सुनिता अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तर्गत महिला कोटाबाट उनी उम्मेदवार बनेकी हुन् । यही कोटामा महासचिव शङ्कर पोखरेलकी श्रीमति सुजिता शाक्य पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् ।
११औँ महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।
गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।
सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम-२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर विजयी भएका थिए ।











