काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले ११ औँ महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यको सूचीमा रहेका पण्डितले सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
पण्डितले आफू पार्टी सङ्गठनलाई थप सुदृढ बनाउन र विचार, नीति तथा नेतृत्वलाई बलियो बनाउन सचिव पदमा उम्मेदवारी दिएको बताए ।
पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई उपयोग गर्दै सङ्गठनात्मक काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोले अहिलेलाई सचिव पदको उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ ।
उनले १० औँ महाधिवेशनमा समेत पदाधिकारीमा दाबी गर्दै आएका थिए । दाधिकारी नपाउने भएपछि पण्डितले महाधिवेशन स्थल नै छाडेर हिँडेका थिए ।











