काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र जारी रहँदा नेताहरूले उम्मेदवारी दर्ता गरिरहेका छन्।

यसैबीच, नेकपा एकीकृत समाजवादीबाट असन्तुष्ट भएर पुरानै घरमा फर्किएका रामकुमारी झाँक्री र कृष्णकुमार किसान श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेतृ झाँक्रीले खुला महिलातर्फ भने श्रेष्ठले खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दिएका हुन् ।











