काठमाडौं । नेकपा एमालेको महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डेले चुनावले माहोल नै परिवर्तन गरिदिएको बताउँदै खुला छलफल र फरक मत आत्मविश्वासका साथ व्यक्त भइरहेको टिप्पणी गरेका छन् ।

पाण्डेले महाधिवेशन स्थलको माहोल हेर्दा साँच्चै गर्व लागेको बताउँदै उत्साहले एमाले जीवित छ र जागेको देखिएको बताएका छन् । उनले डर होइन विवेकले बोलिरहेको र दबाब होइन विश्वासले निर्णय लिन लागेको बताउँदै यो कुनै एक व्यक्तिको पक्ष वा विपक्षको क्षण नभएर पार्टीको सामूहिक भविष्यप्रतिको जिम्मेवारीको क्षण भएको बताएका छन् ।
पाण्डेले हजारौँ कार्यकर्ताको स्वविवेकबाट बनेको यही वातावरण नै एमालेको वास्तविक शक्ति भएको र यही लोकतान्त्रिक मूल्य जोगाउनुपर्ने बताएका छन् ।
एमालेको महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट महासचिवको उम्मेदवार बनेका पाण्डेको प्रतिस्पर्धा ओली पक्षका वर्तमान महासचिव शङ्कर पोखरेलसँग हुने भएको छ ।











