Logo
Logo

पदाधिकारी नपाएपछि चार नेताले छाडे ओलीको साथ 


4.5k
Shares

काठमाडौं । आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि चार नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छोडेका हुन् ।

पन्तले ओलीले पदाधिकारीमा नराखेपछि अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष लड्ने भएका छन् । उनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

ओली समूहबाट सचिव लड्न चाहेका प्रचार विभाग प्रमुख गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

लामो समय अध्यक्ष ओलीका निकट रहेका श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिव लड्दै छन् । विगतमा ओलीका निकट सहयोगी नेता गोकुल बास्कोटाले धेरै अघि नै उनको समूह छोडेका थिए । उनले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा ओली र पोखरेलबिच भिडन्त हुने पक्का भइसकेको छ । ओली नजीक मानीएका नेताहरु पोखरेल समूहमा भित्रिएपछि पोखरले समूह भने उत्साहित भएको छ ।

प्रदीप ज्ञवालीले उपाध्यक्षमा दिएनन् उम्मेदवारी

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । महासचिवको आकाङ्क्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उनले त्यसलाई अस्वीकार गरेका थिए ।

असन्तुष्ट उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् । अब उम्मेदवारी दर्ताको समय पनि सकिएको छ । ओली प्यानलबाट महासचिवमा शङ्कर पोखरेल नै दोहोरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्