Logo
Logo

सरकारसँग वार्ता गर्न प्रसाईँ समूहले बनायो ३ सदस्यीय टोली


945
Shares

काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको छ ।

जसमा महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजक तोकिएको छ । सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् । 

महाअभियानका अध्यक्ष प्रसाईँले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बारे जानकारी गराएका हुन् । 

आइतबार मात्रै सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुङ्गो लगाएर पठाउन भन्दै महाअभियानलाई पत्राचार गरेको थियो ।

प्रसाईँ समूहले यसअघि विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । ती विषय मध्ये तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरुको सम्बन्धमा वार्ता गर्नका लागि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्