Logo
Logo

लुम्बिनीबाट शंकर पोखरेलकी बहिनीसहित ४ जना केन्द्रीय सदस्य निर्विरोध


2.2k
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट चार जना नेता केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

आज पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय सदस्य भूगोल (लुम्बिनी)अन्तर्गत ४० वर्षमुनिका युवामा लिलामणि गौतम सर्वसम्मत निर्वाचित भएका हुन् । उक्त पदमा उनको एकल उम्मेदवारी परेको छ ।

त्यस्तै, लुम्बिनीबाट महिला केन्द्रीय सदस्यमा तीन पदका लागि तीनै जनाको मात्रै उम्मेदवारी परेको छ । यो सँगै उम्मेदवारी दिए तीनै जना सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

जसमा गुमादेवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्तिदेवी ढकाल रहेका छन् । पोखरेल एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् ।

प्रतिक्रिया दिनुहोस्