
काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । रोजेको मन्त्रालय नपाएपछि जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत मधेश सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
मन्त्रीपरिषद विस्तारको क्रममा सोमबार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई जनमत असन्तुष्ट बनेको हो । उनले जनमत पार्टीको उदेश्य बमोजिम सरकार सुनिश्चित नभए पार्टी सरकार छाड्न तयार हुनुपर्ने चेतावनी दिएका हुन ।
‘जनमत पार्टीको उदेश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तैयार हुनु पर्छ’ उनको चेतावनी छ । जनमतबाट मधेशमा संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री छन् ।











