
काठमाडौं । गायिका ज्योति मगर नेकपा एमालेको ११औं महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । आगामी नेतृत्वका लागि उम्मेदवार रहेका नेताहरूलाई मत माग्न र चुनावी प्रचारका लागि उनी आज बिहान महाधिवेशनस्थल पुगेकी हुन् ।
गायिका मगरले केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरूङ र किरण गुरूङ लगायतको पक्षमा महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेकी छन् । उम्मेदवारको फोटो हातमा लिँदै उनले मत मागेकी छन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् । एमालेको यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।











