Logo
Logo

क्रियाशील सदस्यताबारे देउवासँग शेखरले जनाए असन्तुष्टि


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता खर कोइरालाले सभापति शेरबहादुर देउवासँग् भेटवार्ता गरेका छन् । नेता कोइराला, मिनेन्द्र रिजालसहितका नेताले बुढानिलकण्ठस्थित निवास पुगेर सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच क्रियाशील सदस्यता वितरण समितिले नम्बरबिनाका फारम जिल्ला–जिल्लामा पठाएको विषय र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही फुकुवालगायत विषयमा छलफल भएको थियो ।

नेता कोइरालाले नम्बरबिनाका फारम पठाइँदा पार्टीभित्र, देशभर जटिल समस्या उत्पन्न भएको भन्दै ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवासँग आग्रह गरे । उनले बिनानम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने तर्क राखेका थिए ।

त्यस्तै अनुशासन कारबाहीको विषयमा पनि देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्