Logo
Logo

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ : गोकर्ण विष्ट


441
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने बताएका छन् । महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस पटक पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुने बताएका हुन् ।

उनले भने, ‘हामी सामूहिकतामा विश्वास गर्छौँ, पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ भन्नेमा विश्वास गर्छौँ । यस पटक यो हुन्छ भन्ने विश्वास छ ।’

त्यस्तै उनले पार्टीमा नेतृत्वको कार्यकाल दुई पटकमात्रै हुनुपर्छ भन्ने विश्वास रहेको र यस पटक उल्टिएकोमा दुखेसो पोखे । उनले भने, ‘नेतृत्वको कार्यकाल दुई कार्यकालमात्र हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ, यद्यपि त्यो अहिले उल्टियो । सबै महाधिवेशनन प्रतिनिधिले जिम्मेवार ढङ्गले मत जाहेर गर्नुहुन्छ, महाधिवेशन प्रतिनिधिले कार्यकर्ता र जनताको भावना बुझेर मतदान गर्नुहुन्छ, पुस्तान्तरण र हस्तान्तरण गर्न लाग्नुहुन्छ भन्नेमा विश्वास छ।’ महाधिवेशन स्थलमा अहिले उम्मेदवारहरूले आफ्नो प्रचारप्रचार गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्