काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल टिमले आफ्नो प्यानलको मतदानका लागि तयार पारेको सूचीमा केपी शर्मा ओली र शङ्कर पोखरको नाम पनि समेटिएको छ ।

सूचीमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम राखिएको छ, जसमा ओली प्यानलका उम्मेदवारहरू धेरैको नाम रहेको छ ।
खुला केन्द्रीय सदस्यमा मत दिनुपर्ने सूचीमा पोखरेल पक्षले केपी शर्मा ओली र शङ्कर पोखरेलदेखि संस्थापन पक्षका अधिकांश नेताहरूको नाम समेटेको छ । पोखरेल प्यानलमा पदाधिकारीबाहेक अन्य विभिन्न क्लस्टरका सदस्य अधिकांश ओली प्यानलकै उम्मेदवार रहेका छन् ।











