Logo
Logo

एमाले महाधिवेशन: मतदान आज बेलुका ७ बजेपछि मात्रै सुरु हुने


630
Shares

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदान आज बेलुका ७ बजेपछि मात्रै सुरु हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै सो समयदेखि मतदान प्रक्रिया अघि बढाइने जानकारी दिएको हो ।

The current image has no alternative text. The file name is: uml-amalae-yamalae-bandasatra.jpg

यसअघि मतदान दिउँसो १२ बजेदेखि सुरु गर्ने कार्यतालिका तय गरिएको थियो । तर आवश्यक तयारी पूरा नभएकाले निर्वाचन कार्यतालिका संशोधन गरिएको आयोगले जनाएको छ । उम्मेदवारहरूको नामावली ढिलोगरी प्राप्त हुँदा विद्युतीय भोटिङ मेसिनमा विवरण इन्ट्री गर्न समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ ।

आयोगका अनुसार मतदान प्रक्रियाभोलि बिहान १ बजेसम्म चल्नेछ । यद्यपि, सबै प्रतिनिधिले मतदान गर्न कम्तीमा ११ घण्टा लाग्ने अनुमान गरिएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

एकपटकमा ८० जना प्रतिनिधिले मतदान गर्न सक्ने र प्रत्येक राउन्डमा औसत २५ मिनेट लाग्ने अनुमान छ । यस आधारमा २ हजार २ सय ६२ प्रतिनिधिलाई मतदान गराउन न्यूनतम ११ घण्टा लाग्ने देखिएको छ ।

एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

महाधिवेशनमा केन्द्रीय कमिटी, पदाधिकारीसहित कुल ३०१ पदका लागि ६०३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी ३ सय ५१ पदका लागि मतदान हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्