Logo
Logo

कांग्रेसले सदस्यताका लागि क्रमसंख्यासहितको फाराम २४ घण्टाभित्रै सबै जिल्लामा पठाउने


378
Shares

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम सङ्ख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला-जिल्लामा पठाउने निर्णय गरेको छ । समितिले सिरियल नम्बर नराखी जिल्ला जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय समेत गरेको हो । 

The current image has no alternative text. The file name is: Congress-2.gif

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम रद्द गरी सिरियल नम्बर सहितका फारम छापेर जिल्ला जिल्लामा पठाउने निर्णय गरेको हो ।

महामन्त्री गगन थापा नेतृत्वको समितिमा सिरियल नम्बर नभएका क्रियाशील सदस्यताका फारम फिर्ता माग्ने कि त्यसैमा भर्न लगाउने भन्नेमा विवाद थियो ।

महामन्त्री थापा र सदस्य स्नेही त्यही फारम भर्न लगाउने पक्षमा थिए । तर समितिमा रहेका संस्थापन पक्षीय दुई सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङ ती फारम फिर्ता ल्याएर नयाँ सिरियल नम्बर सहितका फारम पठाउनुपर्ने पक्षमा थिए । 
छलफलपछि महामन्त्री थापा अडानबाट पछि हटेका हुन् । 

प्रतिक्रिया दिनुहोस्