Logo
Logo

ओली र पोखरेलले भोट खसाल्न ४० मिनेट लगाए


1k
Shares

काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । प्राविधिकहरुका अनुसार ई–भोटिङ मेसिनबाट मतदान गर्न उनीहरुलाई करिब ४० मिनेटको समय लागेको हो ।

एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात ओली र पोखरेलले गरेका थिए । ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

शीर्ष नेताहरुले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरुले मतदान गर्नेक्रम जारी छ । उनीहरु भोट खसाल्न लामबद्ध भएर पालो कुरिरहेका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् । नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्