Logo
Logo

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित


504
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथिको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सुनुवाइ स्थगित भएको छ ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइको लागि आज सर्वोच्च अदालतमा पेसी तोकिएको थियो ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।
२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्