Logo
Logo

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष निलम्बित


567
Shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) निलम्बनमा परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि उपाध्यक्ष तामाङलाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको हो । अध्यक्ष साम्पाङले प्रेस विज्ञप्ति जारी गरी उपाध्यक्ष राजकुमारलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्ना खातिर अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको ब्यहोरा सबैलाई जानकारी गराउँदछु ।’

राजकुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता थियो । त्यही मुद्दामा उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका–११ कपनबाट सिआईबीले पक्राउ गरेको थियो । थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्