Logo
Logo

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने: प्रधानमन्त्री


315
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्ने भएको छ ।

The current image has no alternative text. The file name is: sushila-2.jpg

प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र अन्य पदाधिकारीसँगको भेटमा म्याद विस्तार गर्ने सहमति जनाएकी छन् ।

अध्यक्ष कार्कीका अनुसार, “आयोगको म्याद सकिन लाग्दा पनि काम अझै बाँकी छ । दुई हप्तासम्म बिदा र प्रहरीले सूची पठाउन ढिलाइ गरेको कारण काममा ढिलाइ भयो। हामीले प्रधानमन्त्रीज्यूसँग सो कुरा राखेका थियौं, र उनले म्याद थप्ने प्रस्ताव पठाउनुभयो भने थपिदिने बताएका छन् ।”

आयोगको म्याद यही ९ पुसमा सकिन लागेको थियो। बाँकी काम पूरा गर्न थप एक महिनाको समय आवश्यक भएको कारण प्रधानमन्त्रीसँग छलफल गरी म्याद विस्तार गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्