Logo
Logo

इजरायलबाट आशा


- शंकरमान सिंह


  • शंकरमान सिंह

इजरायलले नेपालमा कृषि उत्कृष्टता केन्द्र स्थापना गर्न हालै समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्र बमोजिम त्यस्ता केन्द्रहरू देशका प्रत्येक प्रदेशमा स्थापना गरिनेछन् । यसैगरी अस्पताल, नर्सिङहोम, वृद्ध घरहरू र इजरायलका ‘डेकेयर’ सेन्टरलगायत नर्सिङ क्षेत्रमा नेपालीहरुलाई रोजगार दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

यसबाट नेपाली प्रवासी कामदारहरूले इजरायली नागरिकहरूले भोग्ने समान सुविधा र उपचार इजरायलमा पाउने अपेक्षा गरिएको छ । सहमतिपत्रमा इजरायली श्रमबजार नेपाली युवाहरूका लागि खोलिएको छ । नेपाली कामदारहरूले इजरायलमा अन्य क्षेत्रहरुमा जस्तै हेरचाह, कृषि, होटल र रेष्टुरेन्ट, निर्माण र रोजगारीका अवसरहरु पाउनेछन् ।

यसै क्रममा नेपालमा औद्योगिक प्रतिष्ठानको कुशल व्यवस्थापन, परियोजना मूल्यांकन, मानव संशाधन, पूँजी निर्माण, संगठनात्मक विकासका पूर्वाधार निर्माण गरिनुपर्छ । साथै तालिम व्यवस्थापन, स्वचालित व्यवसायिक प्रक्रिया, प्रविधि विकास र व्यावसायिक समकक्षता निर्धारणसम्बन्धी सेवाहरु प्रदान गरी सीमित श्रम, पूँजी, प्रविधि र साधनको उच्चतम उपयोग गर्नुपर्छ । उत्पादकत्व अभिवृद्धि गरी औद्योगिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न उद्योग प्रतिष्ठानलाई सहयोग पु¥याउने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणअनुरुप कार्य गर्ने गरी सेन्टर फर इन्डष्ट्रियल एक्सिलेन्सको स्थापना गर्नुपर्छ । विगतको बजेट वक्तव्यमा यी विषय उल्लेख भए पनि काार्यान्वयन हुन सकेन । तसर्थ, नेपालले यसमा पहल गरी आवश्यक प्राविधिक सहयोग विकास साझेदारबाट गर्नैपर्ने छ ।

नेपालले आधुनिक टेक्नोलोजी प्रयोग गरी सिँचाइको अधिकतम उपयोग गरी इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आमूल परिवर्तनहरूबाट पाठ सिक्नुपर्दछ । समग्रमा नवनियुक्त नेपालका लागि इजरायलका राजदूत अन्जान शाक्य, जो नेपाल चेम्बर अफ कमर्स, नेपाल महिला चेम्बरका सभापतिसमेत थिए र इजरायलमा वर्षको राजदूतबाट समेत सम्मानित भए उनको ज्ञान, अनुभव र परराष्ट्र मामिलाको अनुभवले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिन्छ ।

प्रत्येक क्षेत्रका लागि ‘कार्यान्वयन प्रोटोकल’ मा हस्ताक्षर गरेपछि मात्र श्रमिक भर्ति सुरु गरिने तेल अबिवस्थित नेपाली दूतावासले जनाएको छ । दूतावास स्रोतका अनुसार इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङहोम, डेकेयर सेन्टर आदि) मा नेपाली श्रमिक भर्नासम्बन्धी कार्यान्वयन प्रोटोकल चाँडै हस्ताक्षर हुनेछ । इजरायलका लागि नेपालका लागि राजदूत र सम्बन्धित नेपाली अधिकारीहरूले काठमाडौंमा प्रोटोकलमा हस्ताक्षर गर्नेछन् । केही महिनापछि पाँच सय नेपाली रोजगारीका लागि इजरायल जाने सम्भावना देखिन्छ ।

इजरायलसँग कुनै सम्बन्ध नभएको समयमा भारत, चीन र अन्य एशियाली देशहरूसँग इजरायलसँग सम्बन्ध स्थापना गर्ने पहिलो सार्वभौम देश नेपाल हो । यसैले हामी इजरायलको साथ राम्रो सम्बन्ध बाँड्न सक्छौँ । बिपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा भएको यो सम्बन्ध हालका दिनहरुमा अझ मजबूत हुँदैछन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध १ जुन १९६० मा स्थापित भयो । त्यसको एक वर्षपछि मार्चमा इजरायलले काठमाडौँमा आफ्नो दूतावास स्थापना ग¥यो । सन् १९९३ मा नेपालले इजरायलमा कन्सुलर जनरलको कार्यालय स्थापना भयो । २००७ मा दूतावास खोलेको थियो । सुरुमा इजिप्टस्थित नेपाली राजदूतले नै इजरायलसँगको सम्बन्ध हेर्ने गरेको थियो । दुबै राष्ट्रहरुबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नेपालले सबै अन्तर्राष्ट्रिय फोरममा इजरायलको राष्ट्रिय हितलाई सधैँ समर्थन गरेको छ ।

नेपाल र इजरायल लामो समयदेखि द्विपक्षीय साझेदारहरू छन् ‘जीटुजी’को एक दायरामा, ‘जीटुबी’ विकास सहयोग मानव क्षमता, विशेष कार्य सेवाहरू, प्राविधिक ज्ञान कसरी र व्यवसायिक पहल गर्ने सम्बन्धमा महत्वपूर्ण कार्य गर्न सक्दछन् । नेपालले इजरायलबाट कृषि विकासका लागि प्राविधिक सहयोग पाइरहेको छ । दुवै राष्ट्रहरु कृषिको विकासमा योगदान पु¥याउन सहमत भएका छन् । दुवै देशहरुमा कृषि क्षेत्रहरुसँग सम्बन्धित प्राविधिक र वैज्ञानिक ज्ञानको आदानप्रदान गर्न सहयोग पुग्छ । सम्झौताले अनुसन्धान डाटा, कृषि नीति सूत्र र कार्यान्वयनको आदानप्रदान, सार्वजनिक र निजी क्षेत्रको सरोकारवालाहरुबीचको सहकार्यलाई प्रोत्साहित गर्न अपनाइने उपायहरुको प्रवद्र्धन र सहयोगको आदान प्रदान गर्दछ ।

इजरायलले नेपाललाई कृषि, सहकारी, चिकित्सा र शिक्षा क्षेत्रजस्ता पूर्वाधार विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । सहकारी संस्थाको वृद्धिबाट नेपाल अत्यन्तै प्रभावशाली छ र ‘किबुत्ज’ भनेर चिनिन्छ । त्यस्ता भ्रमणका क्रममा नेपालले अझ बढी सिक्न सक्छ । नेपाल इजरायलबीच कला, संस्कृति र अन्य विकास गतिविधिको आदानप्रदानको माध्यमबाट नेपाल–इजरायल सम्बन्धलाई अझ सुदृढ बनाउनु पर्छ ।

नेपाल र विकासशील अर्थतन्त्रमाथिको अनुकूल परिस्थिति देखिन्छन् । नवीन टेक्नोलोजी र आइटी सम्बन्धित साझेदारीका लागि खुल्छ, कृषि, ग्रामीण क्षेत्र राष्ट्रिय अर्थतन्त्रको ‘बिग चित्र’ को अभिन्न अंग हो । कुनै पनि पिपीपी विकास कार्यक्रममा ‘मुख्य खेलाडी’ हुन् ।

इजरायली स्वयंसेवकहरू नेपालको लागि मूल्यवान सहयोग साबित भएका छन् । किनकि, उनीहरू शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सेवा प्रदान गर्दछन्, जहाँ नेपाल अत्यन्तै पछाडि परेको छ । इजरायलले कृषि प्रविधिमा आधुनिक टेक्नोलोजीको अधिकतम उपयोग गरेर प्राप्त गरेको आमूल परिवर्तनबाट नेपालले सिक्नुपर्दछ ।

दुवै देशहरूले द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका छन् । यसले इजरायली पर्यटकहरु नेपाल भ्रमणको संख्यामा वृद्धि हुनेछ । जहाँसम्म हामी एकअर्कासँग अत्यन्त मैत्री सम्बन्ध साझा गर्दछौं, हामीसँग सहकार्यमा आफैँलाई पुनःसंगठित गर्नुपर्दछ । हामीले आर्थिक सम्बन्ध बढाउनुपर्नेछ, किनकि दुवै देशले आर्थिक सम्बन्धबाट लाभान्वित हुनेछन् ।

लगानीको अपेक्षा

इजरायली व्यापारीहरू नेपालको बढ्दो दूरसञ्चार क्षेत्रमा लगानी गर्न इच्छुक छन् र यस क्षेत्रमा लगानी गर्न चाहन्छन् । तिनीहरू विशेषगरी सेलुलर मोबाइल क्षेत्रहरूको कभरेजमा ध्यान दिइरहेका छन् । जुन कभरेज अझै कम तहमा छ । यो दुई देशहरूबीच सहयोगको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र बन्न सक्छ । इजरायलबाट जलविद्युत् आयोजनाहरूका लागि सामग्रीहरू पु¥याउने सम्भावना पनि छ ।

पर्यटन क्षेत्रमा हरेक वर्ष लगभग ६० हजार इजरायली पर्यटक नेपाल घुम्न आउँछन् । धेरै पर्ढटकहरु युवा विद्यार्थी र साहसिक खोजीहरू पर्यटकहरु देखिन्छ । इजरायलमा युवाउन्मुख पर्यटन प्रवद्र्धन कार्यक्रमले इजरायलबाट नेपाल आएका युवा पर्यटकहरूलाई आकर्षित गर्न मद्दत पु¥याउँछ । इजरायलीले फ्लोरिकल्चर डेभलपमेन्टको क्षेत्रमा अनुभव र विशेषज्ञता पाएको हुनाले हामी इजरायली सरकारको यो कार्यबाट धेरै सिक्न सक्छौँ । यसैले नेपाली उद्यमीहरूले भ्रमण गर्न सक्नेछन् र नेपालमा फ्लोरीकल्चर ब्यबसायलाई फस्टाउन सक्ने पहिलो सूचना प्राप्त गर्न सक्नेछन् ।

तेल अवीवमा सन् १९९३ जुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको इजरायलको औपचारिक भ्रमणको क्रममा सहयोग प्रोटोकलमा हस्ताक्षर भएको थियो । यसैगरी नेपाल सरकार र इजरायल सरकारले द्विपक्षीय वायुसेवा सम्झौता (एएसए) (नोभेम्बर १८, २००२) मा हस्ताक्षर भएको थियो । कृषि सहयोगमा द्विपक्षीय सम्झौता (सन् २०१०) र त्यहाँ केही अन्य सम्झौताहरु पनि छन् । इजरायल सरकार र नेपाल सरकारबीच कृषि क्षेत्रको सहयोगमा एक फ्रेमवर्क सम्झौता सन् २०१० मार्चमा हस्ताक्षर भएको थियो । परराष्ट्र मन्त्रालय तहका बीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्झौता सन् २०१६ मेमा हस्ताक्षर भएको थियो । सन् २०१५ को भूकम्पपछि इजरायल सरकारले दिएको सहयोगलाई नेपाल सरकारको सबै तहबाट सराहना गरियो ।

यसबाहेक इजरायलले नेपाली सेनालाई प्यारासुटि प्रशिक्षण सुविधा स्थापना गर्न सहयोग पु¥यायो । इजरायलले नेपाललाई अल्पकालीन अवधिमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटन आदि क्षेत्रमा । यसका साथै इजरायली विज्ञहरूले धेरै कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकाल शिक्षा, श्रमिकहरू र सहकारी जैव प्रौद्योगिकी र फार्म मेशीनरी प्रशिक्षण र कार्यशालाहरूमा समेत सहयोग प्रदान ग¥यो ।

नेपाल–इजरायलबीच कला, संस्कृति र अन्य विकास गतिविधिको आदानप्रदानको माध्यमबाट नेपाल इजरायल सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्दछ । नेपालले आधुनिक टेक्नोलोजी प्रयोग गरी सिँचाइको अधिकतम उपयोग गरी इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आमूल परिवर्तनहरूबाट पाठ सिक्नुपर्दछ । समग्रमा नवनियुक्त नेपालका लागि इजरायलका राजदूत अन्जान शाक्य, जो नेपाल चेम्बर अफ कमर्स, नेपाल महिला चेम्बरका सभापतिसमेत थिए र इजरायलमा वर्षको राजदूतबाट समेत सम्मानित भए उनको ज्ञान, अनुभव र परराष्ट्र मामिलाको अनुभवले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्