Logo
Logo

कस्तो रहला आज देशभरको मौसम ?


567
Shares

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । जसका कारण आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र मौसम मुख्यतया सफा रहेको छ ।

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

शुक्रबार भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्