Logo
Logo

मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


झापा , १८ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झपा पुगेर देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्ने, ‘सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।’

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए । सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उहाँले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको बताए ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको र पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको ओलीले बताए ।प्रधानमन्त्री ओलीले भने ‘अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’, ‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गर्नुभएको थियो । कूल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्