अमेरिकी चुनावमा ‘हात्ती’ र ‘गधा’को प्रतिस्पर्धा


Published On : 13 October, 2020

– श्याम रिमाल

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार छँदा डोनाल्ड जोन ट्रम्पले आफूले चुनाव जितेमा अमेरिका र मेक्सिकोबीच ठूलो पर्खाल लगाउने र त्यसको भुक्तानी पछिल्लो राष्ट्रले दिनुपर्ने भनी सभाहरुमा बोलेपछि विश्वभर चर्चित भएका थिए । पर्खाल लगाउने एउटा देशले र अर्काेले जबर्जस्ती पैसा तिर्नुपर्ने कुरा नागरिकहरुलाई अनौठो लागिरहेको थियो । उनी आप्रवासनविरुद्ध उभिएका थिए र ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराले उनको लोकप्रियता चुलिएको थियो । एक हजार ९५४ माइल लामो मेक्सिको र अमेरिकी सीमामा हालसम्म पुराना बार हटाएर ८३ माइल मात्र बार लगाइएको छ । अहिले उनको यो चुनावी नाराविरुद्ध विपक्षीले पनि बोलेका छैनन् र उनी पनि चुप छन् । चुनावी विषय १० महिनाअघि उत्पन्न भई हालसम्म अमेरिका र विश्वलाई धराशायी बनाउन लागिरहेको कोरोना महामारी, त्यसबाट नागरिकको सुरक्षा र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव वरपर घुमिरहेको छ ।

 

दुई पार्टीको मात्र वर्चस्व रहेको अमेरिकी राजनीतिमा रिपब्लिकन(हात्ती चुनाव चिह्न)लाई रुढिवादी र डेमोक्रेटिक(गधा चुनावचिह्न)लाई उदार मानिन्छ । ग्य्राण्ड वल्र्ड पार्टी पछिल्लो समय कम कर, बन्दूकको अधिकार र आप्रवासनलाई रोक्ने नीतिमा छ भने अमेरिकी उदारवादमा विश्वास गर्ने डेमोक्रेटिक विश्व मञ्चमा अमेरिकाको स्थितिलाई पुनःस्थापित गर्ने पक्षमा छ । विगतमा डेमोक्रेटिकबाट जिम्मी कार्टर, बिल क्लिन्टन, बाराक ओबामा आदि तथा रिपब्लिकन पार्टीबाट रिचार्ड निक्सन, रोनाल्ड रेगन, जर्ज बुश आदि विजयी भएका थिए ।

सन् २०१६ को चुनाव ट्रम्पले नै जिते । डेमोक्रेटिकका उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा तीस लाख बढी मत पाइन् तर, पनि उनी हारिन् । अमेरिकामा इलेक्टोरल कलेजले राष्ट्रपति छान्छ र यो अन्य देशको चुनावभन्दा फरक छ । पचास राज्यमा आआफ्ना दलको अधिवेशन, पार्टी कमिटी, गभर्नर, स्टेट चेयर, मिश्रित विधि आदिबाट छानिएर आफ्नो दलका उम्मेदवारलाई मत दिने प्रतिबद्ध इलेक्टोर आउँछन् र तिनले मत दिन्छन् । जुन राज्यलाई जति भार दिइएको छ सोहीअनुसार इलेक्टोर मनोनीत हुन्छन् । एक राज्यमा जसको बढी मत आउँछ, सोही दलका उम्मदेवारले सो राज्यको पूरै इलेक्टोरल मत पाउँछ । जस्तै न्यु हाम्पसायरमा चार र टेक्सासमा ३८ इलेक्टोरल कलेज हुन्छन् । जसले एक राज्यमा पोपुलर भोट(बढी जनताको मत)पाउँछ, उसले सो राज्यको पूरै इलेक्टोरल कलेज भोट पाउँछ । कुल पाँच सय ३८ इलेक्टोरल कलेजमा बहुमत अर्थात् २४० पाउने राष्ट्रपति निर्वाचित हुन्छ ।

बाराक ओबामाका उपराष्ट्रपति ७८ वर्षीय जो बाइडेन सन् १९७० देखि राजनीतिमा छन् । अहिले उनी डेमोक्रेटिकबाट राष्ट्रपतिका उम्मेदवार छन् । व्यापारी वर्गबाट आएका ७४ वर्षीय ट्रम्प दोस्रो पटकका लागि चुनावी मैदानमा छन् । बाइडेनका उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस र ट्रम्पका उपराष्ट्रपति उम्मेदवार माइकल पेन्स(हालका पनि उपराष्ट्रपति) छन् । जमैकन पिता र भारतीय माताकी पुत्री ह्यारिस अमेरिकी इतिहासमै तेस्रो महिला उपराष्ट्रपतिका उम्मेदवार हुन् । अफ्रिकी अमेरिकी अर्थात्, एशियाली अमेरिकी अर्थात् भारतीय अमेरिकी ह्यारिसको उम्मेदवारीले यो निर्वाचन झन् रोचक भएको छ । चुनावमा कसले जित्ने होला भनी सोह्रौँ शताब्दीका फ्रान्सेली भविष्यवक्ता नोस्त्रदाम्सको भविष्यवाणी खोज्नेदेखि लिएर हालका ज्योतिषीहरुको भनाइ मिडियामा आइरहेका छन् । मिडियाहरुले हरेक दिन उम्मेदवारले पाएको समर्थन प्रतिशत पस्कनेसम्मका काम गरेका छन् ।

दुई पार्टीको मात्र वर्चस्व रहेको अमेरिकी राजनीतिमा रिपब्लिकन(हात्ती चुनाव चिह्न)लाई रुढिवादी र डेमोक्रेटिक(गधा चुनावचिह्न)लाई उदार मानिन्छ । ग्य्राण्ड वल्र्ड पार्टी पछिल्लो समय कम कर, बन्दूकको अधिकार र आप्रवासनलाई रोक्ने नीतिमा छ भने अमेरिकी उदारवादमा विश्वास गर्ने डेमोक्रेटिक विश्व मञ्चमा अमेरिकाको स्थितिलाई पुनःस्थापित गर्ने पक्षमा छ । विगतमा डेमोक्रेटिकबाट जिम्मी कार्टर, बिल क्लिन्टन, बाराक ओबामा आदि तथा रिपब्लिकन पार्टीबाट रिचार्ड निक्सन, रोनाल्ड रेगन, जर्ज बुश आदि विजयी भएका थिए ।

विश्व शक्ति अमेरिकाका राष्ट्रपतिको निर्वाचनले विश्व राजनीतिलाई नै असर गर्छ । यस वर्ष आगामी नोभेम्बर ३ मा हुने यो चुनावप्रति पनि अमेरिका र विश्वले नियालिरहेका छन । अर्थतन्त्र, स्वास्थ्य सुरक्षा, सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्ति, कोरोना भाइरस, हिंसात्मक अपराध, विदेश नीति, बन्दूक नीति, जाति र वर्ण विभेद, आप्रवासन, आर्थिक विभेद, जलवायु परिवर्तन, गर्भपतन जस्ता विषय यस पटकका चुनावी विषय रहेका छन् । पहिलो पटक महामारीबीच हुन लागेको अमेरिकी निर्वाचनमा रिपब्लिकनका पुनः उम्मेदवार ट्रम्प अमेरिकी अर्थतन्त्रलाई पहिलेकै स्थितिमा ल्याउने, रोजगारी वृद्धि गर्ने, अमेरिकी व्यापार चासोको संरक्षण गर्ने र आप्रवासन नीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका प्रतिद्वन्द्वी बाइडेनले अमेरिकाका निर्माता र विभाजित अमेरिकालाई जोड्ने कुरामा उभिने दृढता व्यक्त गरेका छन् । उनले साना व्यवसायीलाई ऋण दिने र परिवारहरुलाई सीधै दिइने भुक्तानी बढाउने, न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पु¥याउने, हरित ऊर्जामा लगानी गर्ने, ब्युल्ड ब्याक बेटर नाराअन्तर्गत अल्पसङ्ख्यकका लागि लगानी कोष खडा गरी आर्थिक सामाजिक कार्यक्रम ल्याएर जातीय विभाजनको खाल्डो पुर्ने जनाएका छन्् । कार्बन उत्सर्जन घटाउने र पेरिस सम्झौता र विश्व स्वास्थ्य सङ्गठन जस्ता बहुपक्षीय सम्झौता र संस्थामा जोडिने, मुस्लिमहरुलाई अमेरिका प्रतिबन्ध हटाउने, मेक्सिको पर्खाल निर्माण रोक्ने योजना उनको छ ।

मेक अमेरिका ग्रेट अगेनको नारासहित अघिल्लो पटक जितेका ट्रम्पलाई कोरोना महामारी र यसले निम्त्याएको आर्थिक स्थिति चुनौती बनेको छ । अमेरिका फस्र्टको उनको नाराका साथ एकातिर चीनसँग व्यापारमा कडा नीति आयो र घरेलु उद्यंोगलाई संरक्षण गरियो, निर्माण कम्पनीमा चार लाख ८० हजार रोजगारी बढाइयो भने पेरिस जलवायु सम्झौता, इरान आणविक सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट हात झिकियो, जहाँ अमेरिका तल परेको महसुस उनले गरेका थिए । साम्यवादी राष्ट्र प्रजग कोरियासँग सिङ्गापुर र हनोइ समिट गर्न भने सफल भए । इजरायल र साउदी अरबबीच मेलमिलाप गराउन सफल ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिश गरिए पनि त्यसको हकदार यस वर्ष विश्व खाद्य कार्यक्रम भइदियो । पुरस्कार उनले पाएको भए त्यसले पनि उनको विजयका लागि खास अर्थ राख्थ्यो । कोरोना खोपको छिटो आविष्कारले पनि उनको जीतमा योगदान दिने थियो । तर, त्यो सम्भावना निश्चित भइसकेको छैन । अफगानिस्तानलगायत मुलुकबाट अमेरिकी सेना फिर्ता बोलाउने कार्यले पनि अमेरिकी मत ट्रम्पका पक्षमा जाने देखिन्छ ।

मास्क र सामाजिक दूरीका विपक्षी ट्रम्पको कोरोना भाइरसप्रतिको दृष्टिकोण उपेक्षात्मक देखिएको छ । अमेरिकी समाज बन्द हुन सक्दैन भन्ने ट्रम्प आफैँ कोरोनाको शिकार भए पनि आत्मबल देखाउँदै सभासमारोहमा व्यस्त हुन चाहिरहेका छन् । अमेरिकी छयालीसौँ राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वी बाइडेनले भने हरेक राज्यमा १०–१० टेष्टिङ सेण्टर राखेर निःशुल्क कोरोना परीक्षण गर्ने योजना बनाएका छन् ।

पुस्तौँदेखि अमेरिकामा रहेका र डिभी चिठ्ठाका माध्यमबाट पुगेका नेपाली र अन्य आप्रवासीहरु ट्रम्पको आप्रवासी नीतिले तर्से पनि धपिएर स्वदेश फर्कने स्थिति बनेन । डिभी चिठ्ठा प्रणालीले निरन्तरता पाएकै छ । यसबाट अमेरिकामा सुखसँग बस्ने र भूस्वर्ग अमेरिका पुग्ने सपना पालिरहेकाहरुलाई राहत भने मिलेको छ । नेपालमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन कम्प्याक्टको भविष्य, सैन्य वा आर्थिक सामाजिक सहयोगको स्थितिमा भने जोसुकै राष्ट्रपति भए पनि फरक पर्दैन । एमसिसीकै पक्षधर डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिश भइसकेकाले ढिलोचाँडो परिमार्जन गरेर सम्झौता पारित हुने नै देखिन्छ ।

ट्रम्पको नेतृत्वमा अमेरिकाको राष्ट्रवाद, व्यापार संरक्षण नीति, बहुपक्षीयतावादको उपेक्षा तथा चीनको बिआरआई, व्यापार र वैदेशिक लगानी सम्बन्ध आदिका माध्यमबाट विश्व व्यवस्था चीनका पक्षमा ढल्किरहेको जस्तो देखिरहेका बखत कोरोना भाइरसले आगामी दिनमा अमेरिकी आर्थिक सामाजिक जनजीवनमा ल्याउने परिणाम र खोपको आविष्कारले चुनावी नतिजामा प्रभाव पार्ने छ । अघिल्लो चुनावमा रुसको मद्दतबाट चुनाव जितेको भनी आरोप लगाइए पनि त्यसबारेमा सत्य अझै बाहिर आइसकेको छैन । युक्रेनको इनर्जी कम्पनीमा काम गरेका वाइडेनका छोराबारे जाँचबुझ गर्न गरिएको आग्रहबारे लगाइएको महाभियोगबाट बचेका ट्रम्पसँग आफ्नाविरुद्ध दिएको समाचार फेक भन्ने बानी परे पनि मिडियाका लागि सधैँ आकर्षणका केन्द्रविन्दु रहेका छन् । ट्रम्पले आफ्ना कतिपय सल्लाहकारहरुलाई निष्काशन गरे, तिनले उनीविरुद्ध पुस्तकहरु लेखे । अहिले कतिपय पोल सर्वेक्षण र मिडियाले बाइडेन अघि रहेको देखाएका छन् । अघिल्लो चुनावमा हिलारीले जित्ने धेरैको अनुमान विपरीत ट्रम्पको उदय भएकामा सर्वेक्षक र मिडिया नै छक्क परेका थिए । अमेरिकी चुनावको नतिजा अहिले नै यसै आउला भन्न सकिन्न ।

[email protected]

प्रतिक्रिया दिनुहोस्