Logo
Logo

सवारी जाम कम गर्न पूर्वबाट उपत्यका भित्रिने गाडी भक्तपुरमै रोक्ने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १८ माघ ।

काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ।

पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो। बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी रहेको छ।

‘अहिले अरनिको राजमार्गमा चल्ने सवारी खुलामञ्चस्थित बसपार्कमा आउँछन्। यसले चक्रपथमा जाम बढेको । मनोराकिनारमै रोक्ने व्यवस्था भयो भने कोटेश्वरको जाम घट्छ,’ साना ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले भने।

अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ। बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्