Logo
Logo

डा.गोविन्द केसीको अनसनका बिषयमा डाक्टरहरु विभाजीत, नेकपा निकट डाक्टरले एनएमएको निर्णय नमान्ने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

डा.गोविन्द केसीको सन्सनका बिषयमा डाक्टरहरु विभाजीत भएका छन् ।

नेपाल चिकित्सक संघले शुक्रबारबाट देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ भने नेपाल चिकित्सक संघले गरेको सेवा ठप्प पार्ने निर्णयको नेकपा निकट चिकित्सकहरूले अवज्ञा गर्ने भएका छन्।

सरकारसँग वार्ता संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गरी योभन्दा कडा कदम चाल्ने परिस्थिती सिर्जना नगर्न आग्रह गरेको छ । संघले सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि गरिएका कार्यक्रमहरु बेवास्ता गरिएको भन्दै भत्सर्ना समेत गरेको छ । सरकारले सामान्य मावअधिकारको समेत पालना नगरेको डा केसीको स्वास्थ्यमा गम्भीर असर देखिन थाल्दा पनि सरकारको निस्कृय कदमले संघ मर्माहित भएको संघका महासचिव डा लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विरोधका अन्य उपाय हुँदा हुँदै पनि अस्पताल बन्द गरिएको भन्दै नेकपा निकट राष्ट्रिय चिकित्सक संघ (एनडीएन) र प्रगतिशील चिकित्सक संघ नेपालले एनएमको निर्णय प्रति विमति राखेका हुन् । । उनीहरु सामूहिक विज्ञप्ति जारी गर्दै अस्पतालको सेवा शुक्रवार पनि अन्य दिन जस्तै सुचारु गर्ने उल्लेख गरेका छन्। एनडीएनका अध्यक्ष डा. सन्तोष पौडेल र प्रगतिशील चिकित्सक संघका कार्यवाहक अध्यक्ष डा माधव लम्साल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ुएक जना अभियन्ताको जीवन रक्षार्थ भनेर नेपाल चिकित्सक संघले आवहान गरेको एजेण्डा विहिन आन्दोलन राजनीतिक उद्देश्य प्रेरित छ।ु

प्रतिक्रिया दिनुहोस्