Logo
Logo

महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् ।

बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले भने– ‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन, महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’

कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्