Logo
Logo

अनशनरत डिल्ली हरिजन र सरकारबीच ३ बुँदे सहमति


189
Shares

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग गर्दै ५ दिनदेखि अनशनरत डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । हरिजनले राखेको माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा लैजानेसहित तीन बुँदे सहमति भएको हो ।

The current image has no alternative text. The file name is: ansan.jpg

सरकारका तर्फबाट शिक्षा तथा खेलकुल मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच तीन बुँदे सहमति भएको हो ।

सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गर्ने छ । 

एमबीबीएस अध्ययनरत हरिजन गत साउनमा पनि अनशन बसेका थिए । सरकारले माग सम्बोधन गर्ने भन्दै साउन २२ गते उनीसँग सम्झौता गरेको थियो । आफूसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै हरिजनले पुनः अनशन सुरु गरेका थिए । 

भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट अनशन सुरु गरेका उनलाई स्वास्थ्य अवस्था बिग्रिएका कारण वीर अस्पताल ल्याइएको थियो । 

एमबीबीएस पढाइपछि सोही मेडिकल कलेजमा एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । इन्टर्नसिप सकेपछि मात्र विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा सामेल हुन पाउँछन् । इन्टर्नसिप गर्दा सरकारी मेडिकल कलेजले विद्यार्थीलाई २४ हजारसम्म निर्वाह भत्ता दिने गरेका छन् भने निजी मेडिकल कलेजले १० देखि १२ हजार मात्र दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्