Logo
Logo

राजनीतिक दल र जेनजीको दोहोरो दबावमा छौँ: प्रधानमन्त्री


441
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ मेहनत गर्दै काम गरिरहेको बताएकी छन् ।

The current image has no alternative text. The file name is: sushila-2.jpg

बिहीबार बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का विजयी लेखकहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन नै वर्तमान सरकारको प्रमुख अर्जुनदृष्टि रहेको उल्लेख गरीन् । साथै, सुशासन कायम गर्न सरकार अहोरात्र खटिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारमाथि चारैतिरबाट दबाब र आलोचना भइरहेको स्वीकार गर्दै, “अचानोमा परिएजस्तै अवस्था भए पनि सरकारले जिम्मेवारीबाट पछि नहटी निरन्तर मेहनतका साथ काम गरिरहेको छ,” भनिन्।

उनले सबै क्षेत्रबाट सबै कुरा एकैचोटि पूरा गर्नुपर्ने अपेक्षा रहेको तर व्यवहारिक रूपमा त्यसो गर्न नसकिने उल्लेख गर्दै सरकारले क्रमशः सुधारका कामहरू अघि बढाइरहेको स्पष्ट पारीन्। “सरकार राजनीतिक दल र जेनजी दुवैको दोहोरो दबावमा छ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले कठिन परिस्थिति भए पनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको र जनताको अपेक्षा पूरा गर्न प्रतिबद्धताका साथ अघि बढिरहने दृढता व्यक्त गरीन्।

प्रतिक्रिया दिनुहोस्