Logo
Logo

जाँचबुझ आयोगका अध्यक्षसहितको रिटमा आज निर्णय सुनाउँदै सर्वोच्च


1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने भएको छ ।

यो रिटमा न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्णय सुनाउने भएको हो । यसअघि हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

साथै संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा पेस भएको देखिँदा प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट निरूपण गर्नुपर्ने प्रकृतिको देखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन भन्ने आदेश जारी गरेको थियो ।

अधिवक्ता विपिन ढकालले आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप लगाउँदै रिट दिएका थिए । पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको सर्वोच्चमा दायर रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्