Logo
Logo

निर्वाचनको वातावरण छिटो बनाउन सरकारलाई देउवाको आग्रह


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।

आज बिहान सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले छिटो निर्वाचनको विश्वसनीय वातावरण बनाउन सुझाव दिएका हुन् । उनले भनेका थिए, ‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण निर्माण गर्न सकेको छैन । छिटो बनाओस् ।’

संसद पुनस्र्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको देउवाले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्