Logo
Logo

निर्वाचनबाट मात्रै देशलाई निकास दिन सकिन्छ : प्रचण्ड


378
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई संकटबाट निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् ।

आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई सफल बनाएर मुलुकलाई संकटबाट निकास दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे अब सोच्न हुँदैन । देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो ।’

अन्य विकल्पतिर सोच्न थालियो भने देश अर्को दुर्घटनामा पर्ने भन्दै प्रचण्डले निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्दै गएको बताए । समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्