Logo
Logo

रास्वपाको प्राइमरी मतदान : कति बजे आउँछ परिणाम ?


819
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि भएको प्राइमरी निर्वाचनको समय सकिएको छ ।

आज बिहान १० बजे मतदान प्रक्रिया सकिएको हो । सहमहामन्त्री विपिन कुमार आचार्यले अब प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत कलेक्सन गर्नका लागि करिब ५ बज्न सक्ने बताए । त्यसपछि मात्रै समानुपातिक सूची लिएर निर्वाचन आयोग जाने उनले बताए ।

रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका साँझ ७ बजेसम्म समय तोकेको थियो । तर मतदाताको चापको कारण देखाउँदै रास्वपाले सोमबार बिहान १० बजेसम्म समय थपेको थियो ।

उम्मेदवारका आकाङ्क्षी र निर्वाचन प्रक्रियामा आएको मत सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा भने रास्वपाले कुनै निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्