
काठमाडौं । पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यमा पराजित गुरु बराललाई एमालेले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ ।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट समानुपातिक सूची तयार पार्दा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा समेटेका हुन् ।
उनी हालै सम्पन्न ११औं महाधिवेशनमा उपाध्यक्षसँगै केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए । बराल अध्यक्ष ओलीका विश्वास प्राप्त नेताको रूपमा चिनिन्छन् ।











